ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३१ वस्तुको गुणस्तर निर्धारण

२०७७ कार्तिक, २७  
समाचार
NA

काठमाडौं (अस) । नेपाल गुणस्तर तथा नापतौल विभागले ३१ वस्तुको गुणस्तर निर्धारण गरेको छ । बुधवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको विभागस्तरीय गुणस्तर परिषद्को १०५औं बैठकले वस्तु तथा सेवाको नयाँ गुणस्तर निर्धारण गरेको हो । विभागका सूचना अधिकारी सञ्जीव ठाकुरका अनुसार डिजेल, मट्टितेल र पेट्रोलको टेस्ट मेथड, स्यानिटरी प्याड, हवाई इन्धन, एलईडी बल्ब, सिमेन्ट प्याक गर्ने बोरा, कंक्रिट ब्लक, कर्बस्टोन लगायत वस्तुको नयाँ गुणस्तर निर्धारण गरिएको छ । बैठकले पहिलोपटक सडकको दुई किनारामा प्रयोग हुने कर्बस्टोनको पनि गुणस्तर निर्धारण गरेको छ । हालसम्म कर्बस्टोनको कुनै गुणस्तर निर्धारण गरिएको थिएन । बैठकले एलईडी लाइटलाई पनि परिभाषित गरी गुणस्तर तोकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्