ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक

२०७७ कार्तिक, २७  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । वर्तमान असामान्य परिस्थितिमा पनि सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको छ । लामो बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाले अधिकांश आयोजनाको निर्माण प्रभावित भए पनि त्यसको तुलनामा सिँचाइतर्पmका गौरवका आयोजनाहरूको कार्यप्रगति भने सन्तोषजनक देखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले चालू आव २०७७/७८ को प्रथम त्रैमासिक समीक्षा गर्दै यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार चालू आवको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्रिय गौरवका ६ सहित अरू २ ठूला आयोजनाको काम सन्तोषजनक देखिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सिँचाइका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिबारे मन्त्रालयका सचिव, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक तथा आयोजना प्रमुखहरूसँग लगातार ३ दिनसम्म भर्चुअल बैठक गरी आयोजनाको अवस्थाबारे जानकारी लिएका थिए ।

छलफलमा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसूदन अधिकारी, विभागका महानिर्देशक मधुकरराज राजभण्डारी र आयोजना प्रमुखहरूले गौरवका सबै आयोजनाको अवस्थाबारे ब्रिफिङ गरेका थिए । भेरी–बबई र सुनकोशी–मरिन डाभइर्सन, सिक्टा, रानी जमारा कुलरिया, बबई र महाकाली सिँचाइतर्पmका राष्ट्रिय गौरवका आयोजना हुन् । अहिलेको विषम परिस्थितिमा पनि आयोजनाहरूको काम निरन्तर अगाडि बढेको बताइएको छ । साथै, उपत्यकाको भूमिगत पानीको स्रोत रिचार्ज प्रणाली जोगाउने उद्देश्यले काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा निर्माणाधीन ढाप ड्यामको कामसमेत तीव्र गतिमा अघि बढेको छ । तत्कालीन मध्य, पश्चिम र सुदूरपश्चिम प्रदेशमा विश्व बैंकको सहयोगमा यसअघि कार्यान्वयनमा रहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना अन्यत्र पनि लागू गर्नेबारे समेत बैठकमा छलफल भएको थियो । बैठकले विश्व बैंक र अर्थ मन्त्रालयसँग छलफल गरी आयोजनाको मोडालिटी टुंगो लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्