ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चितवनमा बिरामी बढेसँगै रगतको अभाव

२०७७ कार्तिक, २७  
वाग्मती प्रदेश
NA

चितवन । जिल्लाका अस्पतालहरूमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्ध रूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएकाले रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पुर्‍याउन नसकिएको बताए । केन्द्रमा दैनिक एक सय युनिट रगतको माग भइरहेको भए पनि ४० युनिट पूरा गर्न समेत कठिन भएको उनको भनाइ छ । कोरोना कहरका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातीको समय हुनुलगायत कारणले रगतको अभाव भएको उनले जानकारी दिए ।

जिल्लामा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दैनिक ३० युनिट रगतको माग हुने गरेको उनको भनाइ छ । जिल्लाका मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो । यहाँ रहेको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै छिमेकी देशबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

यसैबीच, राजधानी बाहिर कोभिड–१९ को उपचारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भरतपुर अस्पतालमा ४५ शय्याको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) निर्माण थालिएको छ । दुई साताभित्र सञ्चालनमा आउने गरी काम भइरहेको अस्पतालले बताएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजन पाण्डेका अनुसार निर्माणको काम थालेर सामग्री खरीद प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ शय्याको एचडीयू निर्माण गर्न भनेको भए पनि अस्पताल विकास समितिले ४५ शøयाको निर्माण गर्न लागेको उनको भनाइ छ । कोभिड भएर अक्सिजनको आवश्यक पर्ने बिरामीलाई उपचारका लागि एचडीयू बनाउन लागिएको हो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्