ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कालीगण्डकी कोरिडोर : रानीपानी–कुर्घा खण्ड कालोपत्रको बजेट स्वीकृत

२०७७ कार्तिक, २७  
गण्डकी प्रदेश
NA

पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको रानीपानी–कुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । पर्वतको विहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिका–१० कुर्घा लमाय खोलासम्मको खण्डका लागि आवश्यक रू. १ अर्ब २४ करोड बजेटसहित बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको हो ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको यो खण्डका लागि बजेट सुनिश्चित भएसँगै अब छिट्टै बोलपत्र आह्वान गरिने कालीगण्डकी कोरिडोर सडक आयोजना (गैंडाकोट–राम्दी–मालढुंगा) प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए ।

प्रमुख देवकोटाका अनुसार कोरिडोरको रानीपानी–कुर्घा खण्ड ‘डबल लेन’मा ७ मिटर कालोपत्र हुनेछ । यो सडक कालोपत्रका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निरन्तरको प्रयासका कारण बहुवर्षीय ठेक्का स्वीकृत भएको हो । अध्यक्ष र सचिवालयले आयोजनाको कार्यालयदेखि, सडक विभाग, भौतिक मन्त्रालय, योजना आयोग हुँदै अर्थ मन्त्रालयसम्म पहल गरेको उनले बताए ।

ठेक्का सुनिश्चित भएसँगै कोरिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रका लागि बाँकी रहनेछ । सो खण्डमा समेत अहिले ट्र्याक खोल्ने काम भइरहेको छ । पुससम्ममा ट्र्याक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रका लागि प्रक्रिया अगाडि बढाइने प्रमुख देवकोटाले जानकारी दिए । पर्वतको अर्मादीदेखि स्याङ्जाको सेतीवेणीसम्मको ५३ किमीमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको सात किमीमा सडक कालोपत्रको टेण्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर खण्डमा कालोपत्र गर्ने काम भइरहेको छ ।

कालीगण्डकी कोरिडोरको पर्वत खण्डको महŒवपूर्ण मानिएको रानीपानी–कुर्घा खण्डको ठेक्का निश्चित भएपछि विहादी र फलेवासका स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । सडक कालोपत्र भएपछि विहादी गाउँपालिकाले सबैभन्दा बढी फाइदा लिने अध्यक्ष कमलप्रसाद भुसालले बताए । लोकमार्ग किनारमा रहेका रानीपानी, बर्राचौर, बाच्छा, पाङराङमा बस्ती विकास हुनेछ । तराई र मधेशसँग प्रत्यक्ष सम्पर्क हुने तथा सेतीवेणी जस्ता धार्मिक पर्यटकीय स्थलको विकासका लागि समेत सहयोग पुग्ने अध्यक्ष भुसालले बताए । यसैबीच कोरिडोरअन्तर्गत मालढुंगादेखि बेनीसम्मको सडकको स्तरोन्नतिका लागि हालै बोलपत्र आह्वान भएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्