ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

व्यासको छाङरुमा टेलिकम टावर निर्माण शुरू

२०७७ कार्तिक, २७  
कर्णाली प्रदेश
NA

दार्चुला । दार्चुलाको कालापानी नजिकैको गाउँ छाङरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरू गरेको छ । सीडीएमए टावर मात्रै सञ्चालनमा रहेको व्यासको छाङरुमा टेलिकमले जीएसएम नेटवर्कको टावर निर्माण शुरू गरेको हो । टावर निर्माणका लागि जग खन्ने काम थालिएको छ । टावरका सामान हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ ।
छाङरु गाउँको स्वास्थ्यचौकी भवन नजिकै नेपाल टेलिकमको टावर निर्माण हुन लागेको हो । टेलिकमका लागि चाहिने भवन यसअघि नै सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गतवर्ष निर्माण गरिएको छ । ‘दुईओटा भवन निर्माण भइसकेको छ,’ व्यासका स्थानीय जगदीशप्रताप ऐतवालले भने, ‘घर बनिसकेको छ, टावरका लागि जग खन्ने काम सोमवारदेखि शुरू गरिएको छ ।’  

सरकारले त्रिदेशीय सीमाक्षेत्रमा पर्ने व्यासमा सञ्चारको पहुँच पु¥याउने उद्देश्यले नेपाल टेलिकमको जीएमएम नेटवर्कको टावर निर्माण शुरू गरेको हो । व्यासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना भएपछि यो क्षेत्रमा सञ्चारको थप आवश्यकता परेको थियो । गृह मन्त्रालयले व्यासको विकासका लागि विशेष प्याकेज बनाएर काम थालेसँगै टेलिकमको टावर पनि निर्माण शुरू गरिएको हो । नमस्तेको टावर जडान भएपछि भारतले अतिक्रमण गरेका तीन गाउँ नावी, गुञ्जी र कुटी गाउँसम्म यसको पहुँच पुग्नेछ । कालापानी देखिने डाँडामै मोबाइल फोनको रिपिटर टावर राखिँदै छ ।

यसअघि पनि व्यासको छाङरुमा रहेको सीडीएमए मोबाइलको टावरले छायालेक, बुदी, गव्र्याङका नागरिकलाई सहजरूपमा नेपाली फोन सुविधा पुगेको थियो । टावर निर्माणका लागि १८० क्विन्टलभन्दा बढी टेलिकम उपकरण ढुवानी भइरहेको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए ।

हिमपात हुनुअघि नै टावर निर्माण गरेर सञ्चालन गर्ने तयारी छ । टावर सञ्चालनका लागि टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङ व्यासको छाङरु हेलिकोप्टरमार्फत पुगेका छन् । सशस्त्र प्रहरीको भीएचएफ सञ्चार सेट पनि जडान गर्ने तयारी भएको छ । सशस्त्र प्रहरीलाई सञ्चार गर्न समस्या भएपछि छुट्टै प्रविधिमार्फत सञ्चार जोडिन लागेको हो । छाङरुमा सुरक्षा उपस्थिति बढाएसँगै प्रभावकारी सञ्चारको व्यवस्थापन गर्न लागिएको हो ।

सरकारले भारतसँगको निर्भरता हटाउन दार्चुलाको व्यास गाउँपालिकामा विशेष एकीकृत कार्ययोजना तयार पारेर यो क्षेत्रको विकास निर्माण गर्न थालेको छ ।     सीमा क्षेत्रमा बसेका नागरिकले सार्वजनिक सेवा प्रवाहदेखि दैनिक जीवनयापन लगायतमा अभाव र समस्या झेल्नु नपरोस् र न्यूनतम सेवासुविधा आप्mनै देशबाट उपलब्ध गराउन सकियोस् भनेर रणनीतिक महŒवको कार्ययोजना ल्याइएको गृह मन्त्रालयले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्