ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैंकिङ कसुरमा सुन्दर यातायातका अध्यक्ष थापा पक्राउ

२०७७ कार्तिक, २७  
समाचार
Image Not Found

काठमाडौं (अस) । नेपालमा पहिलोपटक निजी क्षेत्रबाट विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा बैंकिङ कसुरमा पक्राउ परेका छन् । थापालाई बुधवार काठमाडौं प्रहरी परिसरले कालीमाटीबाट पक्राउ गरेको हो ।

बाउन्स चेक दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । विगत केही समयदेखि कम्पनीभित्र शेयर सदस्यबीच आन्तरिक विवाद बढेको थियो । शेयर सदस्यले आप्mनो शेयर रकम फिर्ता मागिरहेको तर कम्पनीले कोरोनाका कारण तत्काल सदस्यता फिर्ता गर्न नसक्ने बताएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्