ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेलौली–पञ्चेश्वर खण्डको स्तरोन्नति कार्य शुरु

२०७७ कार्तिक, २७  
सुदूरपश्चिम प्रदेश
Image Not Found

कात्तिक २७, बैतडी । बैतडीको पाटन पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु गरिएको छ । संघीय सरकार र प्रदेश सरकारको संयुक्त बजेटमा सडक स्तरोन्नतिको कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए । 

मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर सडक कालोपत्रेका लागि कन्काई–कुमार केएस जेभीसँग रू. ४१ करोडमा ठेक्का सम्झौता गरेर सडक स्तरोन्नति कार्य शुरु गरिएको हो । विसं २०८० असार २० गतेसम्म कालोपत्रे गरिसक्ने लक्ष्यसहित सडक स्तरोन्नतिको काम शुरु भएको कार्यालय प्रमुख जोशीले बताए । 

तल्लोसोराड जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको पाटन–पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्डमा कालोपत्रेको काम शुरु भएपछि स्थानीयवासी खुसी भएका छन् । 

लामो समयपछि तल्लोसोराड क्षेत्रमा सडक स्तरोन्नतिको काम शुरु भएपछि खुसी भएको स्थानीय केशवसिंह भाटले बताए । उनले भने, ‘तल्लोसोराड क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्य धमाधम शुरु भएको छ । यसले हामीलाई धेरै खुसी लागेको छ ।’

पाटन–पञ्चेश्वर सडकको पाटनदेखि मेलौलीसम्म कालोपत्रे गर्ने कार्य तीन वर्ष अघिदेखि नै जारी छ । अहिले सलेनासम्म सो खण्डको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जोशीले जानकारी दिए । दिवा चन्द्रा एण्ड वसन्ता जेभीले सो खण्डमा कालोपत्रे गरिरहेको छ ।

संघीय सरकार मातहत रहेको सो सडक संघीय संरचनापछि प्रदेश सरकार मातहत रहेको छ । कोरोना भाइरसका कारण सडक कालोपत्र गर्न केही ढिलाइ भए पनि निर्माण कार्य भइरहेको जोशीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्