ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मापदण्डभित्र नपरेका एलइडी बल्बको विक्रीमा रोक लगाइने

२०७७ कार्तिक, २७  
समाचार
Image Not Found

कात्तिक २७, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभित्र नपरेका एलइडी बल्ब विक्रीमा रोक लगाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा  बुधवार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १०५ औं बैठकले गुणस्तरहिन एलइडी बल्बको बढ्दो विक्री वितरणलाई ध्यानमा दिएर एलइडी बल्बको मापदण्ड तोकेको हो । 

विभागले एलइडी बल्बको आयु १५ हजार घण्टा तोकेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बजारमा गुणस्तरहिन एलइडी बल्बको प्रयोग बढेकाले मापदण्ड तोकिएको जानकारी दिए ।  ‘६ महीनाभित्र मापदण्ड पुरा नगर्ने  बल्ब बिक्रीमा रोक लगाउँछौं’, उनले भने ।

विभागका अनुसार विजुलीको खपतको समेत मापदण्ड बनेको छ । एलइडी बल्बमा आँखालाई प्रभाव नपार्ने लाइटिङ प्रणाली हुनुपर्ने मापदण्डमा छ । विश्वव्यापीरुपमै आँखाको ज्योतिलाई कुनैै असर नगर्ने बल्ब उत्पादन भइरहेको विभागले बताएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्