ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मिर्मिरे लघुवित्तद्वारा १२.६३ % लाभांश वितरण गर्ने प्रस्ताव 

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संंस्थाले आव २०७६/  ७७ को मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले १२ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिश नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्  । 

कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको १४९ औं बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड ६१ लाखभन्दा बढी रहेको छ । 

कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई २४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यो पनि हेर्नुस् :

मिर्मिरे लघुवित्तको नाफा २ करोडभन्दा बढी, निष्क्रिय कर्जा बढ्यो

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्