ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अपि पावरको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको गत आर्थिक वर्ष २०७६/ ७७ को लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ । 

९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि विगत दुई वर्षको वार्षिक साधारण सभा मंसिर ८ गते संयुक्त रुपमा आव्हान गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७५/ ७६ को १६ औं र २०७६/ ७७ को १७ औं वार्षिक साधारण सभा मंसिर ८ गते संयुक्त रूपमा बोलाएको हो । आर्थिक वर्ष २०७५/ ७६ को १६ औं वार्षिक साधारण सभाका लागि कम्पनीले चैत १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त वर्षको लाभांश प्राप्त गर्न सक्नेछन् । 

आर्थिक वर्ष २०७६/ ७७ को १७ औं वार्षिक साधारण सभाका लागि कम्पनीले मंसिर १ गतेदेखि ७ गतेसम्म बुक क्लोज गर्ने भएकाले मंसिर १ गतेभन्दाको अघिल्लो अन्तिम कारोबार कात्तिक २७ गते हुने भएकाले आजै शेयर सुरक्षित गर्नुपर्ने भएको हो । 
यसअघि कम्पनीले ५ प्रतिशत बोनस शेयर र हकप्रद शेयरको प्रस्तावसहित चैत ७ गतेका लागि आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक साधारण सभा आव्हान गरेको थियो । 

कोरोना महामारीका कारण कम्पनीको सभा स्थगित भएको हो । पछिल्लो सूचनामा उक्त आर्थिक वर्षका शून्य दशमलव २६ प्रतिशत नगद लाभांश प्रस्ताव पनि कम्पनीले गरेको छ । 
गत आर्थिक वर्षको लागि प्रस्तावित बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ८६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । 

यसअघि कम्पनीले ५ प्रतिशत बोनस शेयर र ४७ प्रतिशत हकप्रद शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ९१ को अनुपातमा दोस्रो चरणमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ । 

गत आर्थिक वर्ष २०७६/ ७७ को लाभांश यो हकप्रद शेयरधनीहरुले भने नपाउने कम्पनीले प्रष्ट पारेको छ । ५ प्रतिशत बोनस शेयर प्राप्त गर्ने शेयरधनीहरुले भने ९ प्रतिशत बोनस शेयर प्राप्त गर्न सक्नेछन् । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १९ करोड ७ लाख रहेको छ । ४७ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ७७ लाख पुग्नेछ । कम्पनीको अधिकृत पूँजी रू. ५ अर्ब र जारी पूँजी रू. ४ अर्ब रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्