ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैंक अफ काठमाण्डूको १६ % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित १६ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन रहेको छ । 

कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न मंसिर १५ गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले लाभांशका लागि बिहीवार नै लाभांश सुरक्षित गर्नुपर्ने भएको हो । 

सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत हुनेछ । कम्पनीको असोज १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसमेत ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

गत वर्ष कम्पनीले कुल १७ प्रतिशत लाभांश दिएको थियो । गत वर्ष कम्पनीले ६ प्रतिशत बोनस शेयर र ११ प्रतिशत करसमेत नगद लाभांश दिएको हो ।

गत वर्षभन्दा १ प्रतिशत लाभांश कम दिएको कम्पनीले यो वर्ष बोनसमा जोड दिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उक्त कम्पनीले रू. १ अर्ब ४७ करोडभन्दा बढी खुद नाफा गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्