ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया बैंकले २० % लाभांश मंसिर २१ गते पारित गर्ने

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । एनआईसी एशिया बैंकले मंसिर २१ गते २३ औं वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीले रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा विहान ९ बजे सभा बोलाएको हो । कम्पनीले यो वर्ष २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको असोज ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/ ७७ को लागि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित चालू आवको लागि लेखापरिक्षक नियुक्ती लगायतका विषय सभाले पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर १० गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । 
हाल उक्त कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले २० प्रतिशत लाभांश दिन लागेको हो । 

गत वर्ष १० प्रतिशत बोनस शेयर कर प्रयोजनसमेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश दिएको उक्त कम्पनीले यो वर्ष बोनस शेयरमा जोड दिएको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको लाभांश १ दशमलव शून्य ५३ प्रतिशतले घटेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उक्त कम्पनीले रू. ३ अर्ब १२ करोड १४ लाख ८७ हजार खुद नाफा गरेको थियो । त्यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ४४ करोड ७ लाख ३४ हजार थियो । कम्पनीले कुल रू. १ अर्ब ९४ करोड ३५ लाख बराबरको लाभांश यो वर्ष वितरण गर्न लागेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्