ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा अजोड इन्स्योरेन्सले कमायो ५ करोड ३० लाख नाफा

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ५ करोड ३० लाखभन्दा बढी नाफा कमाएको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६.८ गुणा वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ७७ लाख ९७ हजार नाफा कमाएको थियो । चालू

आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ करोड ६१ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८ करोड ९१ लाख पुगेको छ । 

चुक्तापूँजी रू. १ अर्ब रहेको कम्पनीले जगेडा कोषमा रू. ६ करोड ९३ लाख र बीमा कोषमा रू. ८ करोड ८१ सञ्चित गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले पुनर्बीमा कमिशन बापत रू. २ करोड ९६ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ करोड ४९ लाख पुगेको हो । 

गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ३३ करोड १८ लाख ४४ हजार बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. २० करोड ६ लाख ९९ हजार बीमाशुल्क आर्जन गरेको थियो ।   

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ५९७ जनालाई रू. ६ करोड १९ लाख दाबी भुक्तानी गरेको छ भने ५४२ जनालाई रू. १२ करोड ११ लाख दाबी भुक्तानी गर्न बाँकी छ । 
कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ३०, मूल्य आम्दानी अनुपात ९४ दशमलव ९० र प्रतिशेयर नेटवर्थ रू. ११६ दशमलव ७२ रहेको छ ।

कम्पनीले हालैमात्र सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्