ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आईपीओ जारी गर्ने तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चरको नाफा १८ करोड १ लाखभन्दा बढी

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सर्वाजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. १८ करोड १ लाखभन्दा बढी नाफा कमाएको हो ।

यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा नाफा १२ दशमलव ४३ प्रतिशत कमि होे । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. २० करोड ५७ लाख नाफा कमाएको थियो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब रहेको छ भने जगेडा कोषमा रू. १ अर्ब ८१ करोड ४७ लाख सञ्चित रहेको छ  ।

कम्पनीले ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नको लागि कम्पनीले मंसिर ३ गते साधारण सभा आयोजना गर्ने भएको छ ।

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछि आईपीओ निष्कासन गर्नेछ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्