ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्से उकालो लाग्ने क्रम जारी : बिहीवार पहिलो घण्टामा ५.६६ अंकले बढ्यो बजार (१२ बजेको अपडेट)

२०७७ कार्तिक, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५ दशमलव ६६ अंकले बढेर १ हजार ७१३ दशमलव ३४ विन्दुमा पुगेको छ । 

१ हजार ७१३ दशमलव ७१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ३३ प्रतिशत बढेको छ ।

पहिलो घण्टाको अवधिमा १७३ ओटा कम्पनीको १३ हजार ८८३ पटकको कारोबारमा १८ लाख ८७ हजार २९४ कित्ता शेयरको रू. ८६ करोड ६२ लाख बराबरको खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ५४४ कायम भएको छ ।  

पहिलो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य, जीवन बीमा, र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी होटल्स, जलविद्युत, निर्जीवन बीमा र लघुवित्त समूहको परिसूचक घटेको छ । 

यस अवधिसम्म प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.२७९ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्