ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा प्रभु बैंकको नाफा ३५ % वृद्धि, वितरण योग्य नाफा १७ करोड ५६ लाख 

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । प्रभु बैंकले चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण बिहीवार सार्वजानिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३५ दशमलव २५ प्रतिशत वृद्धि भएको हो । कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ८५ करोडभन्दा बढी नाफा कमाएको छ ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू.६२ करोड ८४ नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १७ करोड ५६ लाख रहेको छ । 

चुक्तापूँजी रू.१० अर्ब ३१ करोड ५५ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ४ अर्ब ३० करोड ४६ लाख र रिटेन्ड अर्निङमा रू. १ अर्ब ४० करोड सञ्चित गरेको हो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १ खर्ब ३३ अर्ब २९ करोडभन्दा बढी निक्षेप संकलन गरेर रू. १ खर्ब १६ अर्ब ६ करोड  कर्जा प्रवाह गरेको छ । सो अवधिमा कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।

गत आवको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी रू. २८ दशमलव २७ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३२ दशमलव ९६ पुगेको छ  । त्यसैगरी मूल्य आम्दानी अनुपात रू.२३८, तरलता अनुपात २६ दशमलव २२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५५ दशमलव ३० रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्