ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कालोबजारी गरेको आरोपमा सेन्ट्रल मललाई २ लाख जरिवाना

२०७७ कार्तिक, २७  
प्रदेश ०१
Image Not Found

कात्तिक २७, विराटनगर । सेन्ट्रल मल विराटनगरलाई कालोबजारी गरेको आरोपमा बुधवार रू. दुई लाख जरिवाना गरिएको छ । 

वाणिज्य, आपूर्ति  तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले अनुगमनको क्रममा खरीद मूल्यभन्दा दोब्बर बढी मुनाफा राखेर सामान विक्री गरेको प्रमाणित भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (१) ख बमोजिम उक्त जरिवाना गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए ।

मलले छूटसहितको बम्पर योजना सर्वसाधारणमा प्रचारप्रसार गरी उपभोक्तालाई भाइमसला (काजु)मा १११ प्रतिशत मुनाफा राखी विक्री वितरणको गरेको थियो । कानूनअनुसार खरीद मूल्यको २० प्रतिशतभन्दा बढी लिएर सामान विक्री गर्नु कालोबजारी र ठगी हो ।

कार्यालयले अनुगमनका क्रममा मलले तिहारमा प्रयोग हुने भाइमसला (काजु) बजारबाट रू. एक हजार १६५ प्रतिकेजी खरीद गरी रू. दुई हजार २५० दरले विक्री वितरण गरेको फेला पारेको थियो । मलले अत्यधिक मुनाफा राखेर काजु विक्री वितरण गरेको भेटेपछि कारवाहीको दायरामा ल्याएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए । 

तिहारमा प्रयोग हुने भाइमसलामा चर्को मूल्य लिएर ठगी भइहरहेको जनगुनासो आएपछि बजारमा अनुगमनमा गरेका उनले बताए । मलका व्यवस्थापक गिरिश राठीले थोक बिक्रेताबाट काजु प्रतिकेजी रू. एक हजार ८०० मा खरीद गरेकामा सो अनुसार बिलविजक प्राप्त नभएको बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्