ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा सिभिल लघुवित्तको नाफा १०% घट्यो

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा १० प्रतिशत घटेको छ । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ४५ लाख ६९ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. ४० लाख ६९हजारमा सीमित भएको हो । 

चालू आवको पहिलो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले नाफा घटेको हो । निष्क्रिय कर्जा गत आवको पहिलो त्रैमासमा २ दशमलव १६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा ३ दशमलव ५४ प्रतिशत पुगेको हो । 

चुक्तापूँजी रू. २२ करोड ४९ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ३ करोड ७० लाख सञ्चित गरेको हो । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ८८ करोड ३० लाख सापटि लिएर रू. ४३ करोड ५५ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ५२ करोड ५९ लाख कर्जा लगानी गरेको हो । 

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ प्रतिशत र सञ्चालन नाफा ४ प्रतिशत वृद्धि भएको छ । प्रतिशेयर आम्दानी रू. ८ दशमलव ९६, मूल्य आम्दानी अनुपात ७९ दशमलव ४६, तरलता अनुपात २३ दशमलव ७८ र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ९७ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्