ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोस्रो घण्टामा नेप्से स्थिर, १ अर्ब ६२ करोड बराबरको शेयर खरीदविक्री (१ बजेको अपडेट)

२०७७ कार्तिक, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से स्थिर रहेको छ । कारोबारको पहिलो घण्टामा ५ दशमलव ६६ अंकले बढेको बजार दोस्रो घण्टामा ५ दशमलव ७९ अंकले बढेको छ ।

केहि दिनदेखि बढिरहेको बजारले बिहीवार पनि निरन्तरता दिएको छ बिहीवार दोस्रो घण्टामा नेप्से शून्य दशमलव ३४ प्रतिशत बढेको छ ।

दोस्रो घण्टाको अवधिमा १९३ ओटा कम्पनीको २२ हजार १५० पटकको कारोबारमा ३७ लाख ३१ हजार २१२ कित्ता शेयरको रू. १ अर्ब ६२ करोड बराबरको खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १२ करोड ८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.९७६ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा प्रभु बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २८४ मा रू. ११ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी होटल्स, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्