ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतमा कोरोना संक्रमितको संख्या ८६ लाख नाघ्यो, ८० लाख ६६ हजार संक्रमणमुक्त

२०७७ कार्तिक, २७  
अन्तरराष्ट्रिय
Image Not Found

कात्तिक २७, नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना कोरोना संक्रमित थपिएका भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 

यो सहित भारतमा कुल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ । विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कुल मृत्यु हुनेको संख्या १ लाख २८ हजार १२१ पुगेको छ । 

कोरोना संक्रमितमध्ये निको हुने दर निकै राम्रो रहेको भारतमा हालसम्म ८० लाख ६६ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८९ हजार २९४ रहेको छ । विगत २४ घण्टामा ५ हजार ३६३ जना कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर १२ करोड २० लाखको हाराहारीमा कोरोनाको नमूना परीक्षण गरिएको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्ष वर्द्धनले भारतको कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारमा भारतको ठूलो जनसंख्यालाई ध्यानमा राखेर निकै सक्रियता र सचेतता अपनाइएको बताएका छन् । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्