ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्लोबल आइएमई बैंकको नाफा ४०.५८ % वृद्धि, वितरण योग्य नाफा २२ करोड ६१ लाख

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं ।  ग्लोबल आइएमई बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० दशमलव ५८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ७५ करोड ३१ लाख नाफा गरेकोमा चालू आवमा वृद्धि भएर रू.१अर्ब ५ करोड ८८ लाख पुगेको छ ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. १८ अर्ब ९७ करोड ५८ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू.९ अर्ब २६ करोड ७१ लाख, रिटेन्ड अर्निङमा रू. १ अर्ब ८४ करोड ४७ लाख र शेयर प्रिमियममा ५३ लाख ९३ हजार सञ्चित गरेको छ ।

 चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ खर्ब २४ अर्ब २३ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब ९२ अर्ब ९५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । 

कम्पनीको वितरण योग्य नाफा रू. २२ करोड ६१ लाख रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी रू. २२ दशमलव ३२, मूल्य आम्दानी अनुपात १२ दशमलव १९, तरलता अनुपात २७ दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव ५९ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्