ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो घण्टामा १४.२४ अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७७ कार्तिक, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक १४ दशमलव २४ अंकले बढेर १ हजार ७२१ दशमलव ९१ विन्दुमा पुगेको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये ५ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी ७ ओटा समूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा बढि ९ दशमलव ९१ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक सबैभन्दा बढि शून्य दशमलव ६५ प्रतिशतले घटेको छ ।

तेस्रो घण्टाको अवधिमा १९३ ओटा कम्पनीको रू. २ अर्ब ४२ करोड बराबरको खरीदविक्री भएको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १८ करोड ५६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू.९८६ मा कारोबार भइरहेको छ ।

कारोबारको तेस्रो घण्टामा साल्ट ट्रेडिङ कर्पोरेशन र विशाल बजार कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्