ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा अरुण काबेलीले कमायो ११ करोड ३५ लाखभन्दा बढी नाफा 

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । चालू आवको पहिलो त्रैमासमा अरुण काबेली पावरले रू ११ करोड ३५ लाख ४४ हजार नाफा कमाएको छ । 

गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ४ लाख ३९ हजार नोक्सानी व्यहोरेको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले विद्यत् विक्री बापत रू. २२ करोड ५२ लाखभन्दा बढी आम्दानी आम्दानी गरेकाले नाफामा वृद्धि भएको हो ।  

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ भने जगेडा कोषमा रू. २० करोड ६० लाखभन्दा बढी सञ्चित रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा अन्य स्रोतबाट रू. १ लाख ८० हजार आम्दानी गरेको छ ।

सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३० दशमलव २८, मूल्य आम्दानी अनुपात ३२ दशमलव ३७, तरलता अनुपात २ दशमलव शून्य ८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ७३ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्