ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आरएमडिसी लघुवित्तको स्वामित्वमा रहेको फरवार्ड लघुवित्तकोे संस्थापक शेयर लिलामीमा 

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर मंसिर ४ गतेदेखि लिलामीमा विक्री हुने भएको छ । कम्पनीको ३ लाख ७५ हजार ३०७ दशमलव ५७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउन लागेको हो । 

कम्पनीको न्यूनतम मूल्य प्रतिकित्ता रू. ९५३ दशमलव ३६ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ । ईच्छुक आवेदकले पुस ८ गतेसम्म यस शेयरमा आवेदन गर्न पाउनेछन् । 

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन गर्न पाउनेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्ने छैन । आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्