ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो त्रैमासमा नेशनल माइक्रोफाइनान्सको नाफा ४ करोड ८ लाख, जगेडा कोष ४६% ले वृद्धि

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । चालू आवको पहिलो त्रैमासमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले रू. ४ करोड ८ लाख भन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २ दशमलव ७२ प्रतिशत कमि आएको हो । 

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ४ करोड २० लाख नाफा कमाएको थियो । चुक्तापूँजी रू. २६ करोड ४० लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २५ करोड ३५ लाख सञ्चित गरेको छ । जगेडा कोषको रकम गत आवको पहिलो त्रैमासको तुलनामा यस आवमा ४६ प्रतिशत वृद्धि भएको हो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ३ अर्ब ७१ करोड ७ लाख सापटी लिएर रू. १ अर्ब ७१ करोड ७९ लाख निक्षेप संकलन गरेर रू. ५ अर्ब १५ करोड ४६ लाख कर्जा लगानी गरेको छ । 

प्रतिशेयर आम्दानी रू. ६० दशमलव ७३, मूल्य आम्दानी अनुपात २४ दशमलव ९५, तरलता अनुपात १८ दशमलव ७० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९६ दशमलव ०४ रहेको छ । हालसम्ममा कम्पनीले ६५ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्