ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२.८७ % ले नाफा बढाएको चिलिमे जलविद्युतको प्रतिशेयर आम्दानी घट्यो 

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा चिलिमे जलविद्युत् कम्पनीले रू. २२ करोड ३२ लाख ७९ हजार खुद नाफा गरेको छ । 

कम्पनीले बिहीवार सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष २ दशमलव ८७ प्रतिशत बढी नाफा भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको नाफा रू. २१ करोड ७० लाख ३० हजार थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले ३ दशमलव ६८ प्रतिशत बढी अर्थात् रू. ३६ करोड ३९ लाख ४७ हजार विद्युत् विक्रीबाट आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष रू. ३५ करोड १० लाख १ हजार थियो । न्यून प्रतिशत नाफा बढाएको उक्त कम्पनीको प्रतिशेयर आम्दानी भने गत वर्षभन्दा यस वर्ष कम भएको छ । 

गत वर्ष रू. १८ दशमलव २४ रहेको वार्षिक प्रतिशेयर आम्दानी यस वर्ष रू. १५ दशमलव ४९ रहेको छ । त्यस्तै कम्पनीको गत वर्ष रू. २०० दशमलव शून्य ४ रहेको प्रतिशेयर नेटवर्थ पनि रू. १७९ दशमलव २५ मा झरेको छ ।

२० प्रतिशत बोनस शेयर मार्फत कम्पनीको चुक्तापूँजी वृद्धि भएर रू. ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार पुगेको छ ।रिटर्न अर्निङ भने गत वर्षभन्दा ४ दशमलव ९४ प्रतिशत कम रू. ४ अर्ब ५२ करोड ४७ लाख ६५ हजार रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्