ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि , सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१

२०७७ कार्तिक, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । नेपालमा बिहीवार थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार १८९ जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा २ हजार ३४९ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ८४ हजार ३१७ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ९७४ जना रहेका छन् भने  आईसोलेशनमा ३८ हजार ४६१ जना रहेका छन् । 

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा  जनालाई कोरोना  संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७२५ जना, भक्तपुर जिल्लामा ८३ जना र ललितपुर जिल्लामा १२६  जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्