ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

४०० केभी क्षमताको ढल्केबर सबस्टेशनको निर्माण सम्पन्न 

२०७७ कार्तिक, २७  
प्रदेश ०२
Image Not Found

कात्तिक २७, धनुषा । निर्माण व्यवसायीको लापरवाही, कोरोना भाइरसको संक्रणलगायत कारणले समस्यामा परेको मुलुकको सबैभन्दा ठूलो सबस्टेशन ढल्केबर सबस्टेशन पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार कुल ४०० केभी क्षमताको सो सबस्टेशन बुधवार रातिदेखि पूर्ण रुपमा चार्ज भई सञ्चालनमा आएको हो । प्राधिकरणले प्राविधिक भाषामा त्यसलाई फूल लोडमा चार्ज भएको जानकारी दिएको छ । 

आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार लामो प्रतिक्षापछि आयोजना सम्पन्न भएको छ । आयोजना सम्पन्न भएपछि नेपाल र भारत दुवै तर्फबाट एक हजार २०० मेगावाट विद्युत् आदान प्रदानका लागि मार्ग प्रशस्त भएको छ । कुल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको विद्युत्समेत सोही सबस्टेशनमा जोडेर पूर्व–पश्चिम प्रवाह गरिनेछ । 

उक्त सबस्टेशन विसं २०७२ माघमा पहिलो पटक १३२ केभीमा चार्ज भएको थियो । त्यसपछि भारतबाट कुल ८० मेगावाट विद्युत् आयात भएको थियो । 

यस्तै, २०७४ सालमा उक्त सबस्टेशन २२० केभीमा चार्ज गरिएको थियो । नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको रुपमा ढल्केबर– मुजफ्फरपुर प्रसारण लाइनसमेत ४०० केभी क्षमताको भएकाले विद्युत् आदान प्रदानका लागि महामार्गसमेत निर्माण भइसकेको छ । 

प्राधिकरणका अनुसार ढल्केबर सबस्टेशन अब १३२, २२० र ४०० क्षमतामा नै सञ्चालन गर्न सकिनेछ । यस्तै पूर्व–पश्चिम जहाँ जति मात्रामा विद्युत् आवश्यक पर्दछ प्रवाह गर्न सकिनेछ । चालू आर्थिक वर्षमा नै माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण सम्पन्न हुने भएकाले वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउनसमेत मार्ग प्रशस्त भएको छ । 

सो सबस्टेशन नेपाली लगानी तथा नेपाली प्रविधिमा निर्माण सम्पन्न भएको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । चिनियाँ ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड कम्पनीले तोकिएको समयमा पूरा नगरेपछि प्राधिकरणले ठेक्का तोडेको थियो । आयोजनाको परामर्शको काम प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्