ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उपभोग्य वस्तुका भन्सार घटाइने

२०७७ कार्तिक, २८  
१० वर्ष अघि
NA

भन्सारमा हुने चोरी–पैठारी नियन्त्रण गर्न दैनिक उपभोग्य सामग्रीमा भन्सार शुल्क लागू गरिने भएको छ । सरकाले सीमाक्षेत्रमा दैनिक उपभोग्य सामानको हुने चोरीपैठारीलाई दृष्टिगत गरी भन्सार शुल्क कम गर्ने तयारी गरेको हो  ।

केन्द्रीय भन्सार विभागका उपमहानिर्देशक विष्णुप्रसाद पाण्डेका अनुसार अहिले प्रमुख रूपमा २३ वटै भन्सार अनुगमन गर्दा दैनिक उपभोग्य वस्तुको चोरीपैठारी बढी हुने देखिएको छ । ‘यसको नियन्त्रण गर्न दैनिक उपभोग्य वस्तुमा छिट्टै भन्सार कम गर्ने योजना बनाइरहेका छौं,’ पाण्डेले अभियानसँग भने । ‘अहिले देशका तराई क्षेत्रमा दैनिक उपभोग्य वस्तुका साथै कृषिक्षेत्रका सामग्री चोर बाटोबाट भित्रने गरेका छन् ।

त्यस्तै उत्तरी सीमाका नाकाहरूबाट पनि विद्युतीय सामग्री तथा लत्ताकपडा भन्सार छलेर भिœयाइन्छ । पर्सा तथा  मोरङबाट बढी मात्रामा सवारीसाधनका पार्टपुर्जा तथा विद्युतीय सामग्री ल्याइन्छ । भन्सारमा हुने चोरीपैठारी नियन्त्रण तथा सुधारका लागि नियमित अनुगमन, चेकजाँच तथा सशस्त्र प्रहरीले गस्ती गरिरहेको पाण्डेले जानकारी दिए । उनका अनुसार कुन कुन वस्तुमा कति प्रतिशत भन्सार छुट दिने भन्नेबारे हाल अध्ययन भइरहेको छ ।

बोटलर्स नेपाल ‘कन्ट्री अफ द इयर’
बोटलर्फ नेपाल लिमिटेड कन्ट्री अफ द इयर २००९ घोषित भएको छ । एसिया र अफ्रिकाका कोकाकोला कम्पनीहरूसँगको प्रतिस्पर्धामा बोटलर्स नेपालले उपाधि जितेको हो । कोकाकोला साब्कोको व्यवस्थापनअन्तर्गतको १६० देशका उच्च अधिकारी सम्मिलित बैठकले उपाधि घोषणा गरेको हो ।

वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्