ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गुराँस लाइफ इन्स्योरेन्सको नाफा ३३% बढ्दा बीमाशुल्क ११४% बढ्यो

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । गुराँस लाइफ इन्स्यारेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा ३३ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ३ करोड १९ लाख नाफा कमाएकोमा चालू आवमा वृद्धि भएर रू. ४ करोड २७ लाख पुगेको छ । 

त्यसैगरी चालू आवको पहिलो त्रैमासमा कम्पनीको बीमाशुल्क ११४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ४५ करोड २९ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवको सोही अवधिमा रू. ९७ करोड ३ लाख आर्जन गरेको हो । 

चुक्तापूँजी रू. १ अर्ब ८७ करोड ७० लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ५६ करोड ६२ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीको जीवन बीमाकोषमा रू. ८ अर्ब ५० करोड जम्मा भएको छ ।  कम्पनीले शेयरधनीलाई हकप्रद शेयरपछि कायम भएको चुक्तापूँजीको ५ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ  । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर ४ गते साधारण सभा आयोजना गरेको छ ।

कात्तिक १९ गतेसम्म शेयर कायम गरेका शेयरधनीले लाभांश पाउनेछन् । प्रतिशेयर आम्दानी रू. ९ दशमलव ११, मूल्य आम्दानी अनुपात ६६ दशमलव ६० र प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ८२ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्