ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

म्याग्दीको दुर्गम गाउँमा राष्ट्रिय प्रणालीको बिजुली

२०७७ कार्तिक, २८  
गण्डकी प्रदेश
NA

म्याग्दी (अस) । वर्षौंदेखि टुकीको धिपधिपे उज्यालो र केही वर्ष अघिदेखि खोल्साको पानीबाट लघु जलविद्युत् आयोजना सञ्चालनपछि मौसमी रूपमा बिजुली बालिएको म्याग्दीको दुर्गम रघुगंगा गाउँपालिका–६ रायखोरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । नियमित बिजुली बत्तीको सुविधा पाएपछि स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

सोमवारदेखि खायखोरवासीले राष्ट्रिय प्रणालीको बिजुली बत्ती बाल्न शुरू गरेको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । करीब १०० घरधुरी रहेको रायखोर बस्तीमा वडा सदस्य लीलबहादुर पुनको नेतृत्वमा स्थानीय युवाले सक्रियताले बिजुली पुगेको हो । बिजुली पुगेपछि रातमा उज्यालोका साथै विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको स्थानीयले बताएका छन् ।

वडाको सबैभन्दा दुर्गम बस्ती रायखोर उल्लेरी र मूलपानीमा विद्युत् पुगेपछि स्थानीयको दिनचर्या सहज हुने भएको छ । यसअघि यहाँका बस्तीमा टुकी, सोलारको भर पर्नुपर्ने बाध्यता रहेकोमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेपछि घरलु तथा कुटिर उद्योग सञ्चालन गर्न सकिने भएकाले रोजगारीको पनि सम्भावना समेत खुलेको वडाध्यक्ष शेरपुञ्जाले बताए ।

वर्षाको समयमा बाढी पहिरोले सडक बिग्रिएकाले ठाडाखानीमा भने सँगै बिजुली पु¥याउन नसकिएको वडाध्यक्ष शेरपुञ्जाले बताए । ‘अबको केही समयमा डाठाखानीमा पनि केन्द्रीय प्रसारण लाइनको सुविधा पुग्नेछ,’ उनले भने, ‘त्यसका लागि टेन्डर समेत भइसकेको छ ।’ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र म्याग्दीका अनुसार खायखोरका लागि १ केभीए क्षमताको ट्रान्सफर्मर राखिएको छ । यस्तै अहिलेसम्म १०० ओटा विद्युत् मिटर समेत ठाडाखानीमा पुगिसकेको शेरपुञ्जाले बताए । चालू आर्थिक वर्षमा गाउँपालिका–७ चिमखोलामा पनी केन्द्रीय प्रसारण लाइनको बिजुली पुर्‍याउने योजना प्राधिकरणको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्