ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

धनुषाको महेन्द्रनगरमा गुह्येश्वरी मर्चेन्ट बैंकिङको शाखा विस्तार

२०७७ कार्तिक, २८  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । ललितपुरमा मुख्य कार्यालय रहेको गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स धनुषाको महेन्द्रनगरमा शाखा विस्तार गरेको छ । महेन्द्रनगरसहित कम्पनीका शाखा सञ्जाल २१ पुगेका छन् ।

चुक्ता पुँजी तथा जगेडा कोषमा १ अर्ब १९ करोड रहेको कम्पनीले निक्षेप संकलन ५ अर्ब ४४ करोड तथा कर्जा लगानी ३ अर्ब  ९५ करोड प्रवाह गरेको छ ।

प्रदेश २ का क्षेत्रीय प्रबन्धक राजेशकुमार गुप्ता र शाखा प्रबन्धक प्रदीपकुमार सिहंले संयुक्त रुपमा महेन्द्रनगर शाखा उद्घाटन गरेका थिए ।

कम्पनीले हाल एटीएम, एसएमएस, ई–बैंकिङ, इसीसी सेवा, मोबाइल बैंकिङ सुविधा, विप्रेषण, सी आस्बालगायतका बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्