ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यस वर्ष पुष्प मेला नहुने

२०७७ कार्तिक, २८  
वाग्मती प्रदेश
NA

काठमाडौं । हरेक वर्ष तिहारलाई लक्षित गरी हुने गरेको ‘गोदावरी पुष्प मेला’ कोरोना महामारीका कारण यस वर्ष नहुने भएको छ । तिहार आउन एक हप्ता बाँकी हँुदा जावलाखेलको फुटबल मैदानमा पाँच दिनसम्म उक्त मेला हुने गरेको थियो । गत वर्ष मेलामा विभिन्न ४०० प्रजातिका ५२ फूलको प्रदर्शनी कक्ष राखिएको थियो भने रू. ७५ लाखको आर्थिक कारोबार भएको थियो ।    

मेलामा काठमाडौं उपत्यकाका फूल व्यवसायीले भाग लिने गरेका फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । कोरोना फैलिरहेकै समयमा सुरक्षा सावधानी अपनाएर बजार खुले पनि पुष्प मेल गर्न नसकिने उनको भनाइ छ ।

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने पनि अध्यक्ष श्रेष्ठले बताए । गतवर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरूप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने भएको हो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्र भारतबाट ल्याउने गरिएको थियो ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिक रूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।     

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा २००७ देखि शुरू भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्