ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गण्डकीका चार विधेयक प्रमाणीकरण

२०७७ कार्तिक, २८  
गण्डकी प्रदेश
NA

गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार विधेयक प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशसभाले पारित गरी पठाएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधवार प्रदेश प्रमुख शेरचनले विधेयक प्रमाणीकरण गरेका हुन् ।

ती विधेयकमा गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयक, खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् । यसअघि ती विधेयक गण्डकी प्रदेशसभाबाट पारित भई सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका  थिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्