ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कर्णाली प्रतिष्ठानमा अब आठ थान भेन्टिलेटर

२०७७ कार्तिक, २८  
कर्णाली प्रदेश
NA

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भेन्टिलेटरको संख्या आठ पुगेको छ । यसअघि प्रतिष्ठानमा ६ ओटा भेन्टिलेटर थिए । बुधवार हेल्थ केयर डिपार्टमेन्ट काठमाडौंले दुई थान भेन्टिलेटर सहयोग गरेसँगै अब भेन्टिलेटरको संख्या आठ पुगेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए ।   

‘प्रतिष्ठानमा हाल १० ओटा आईसीयूको व्यवस्था छ,’ निर्देशक डा. रावलले भने, ‘यद्यपि अहिलेसम्म अन्य रोग बाहेक कोरोना संक्रमितलाई जुम्लामा आईसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आइपुगेको छैन ।’ कोरोना संक्रमितलाई आईसीयू तथा भेन्टिलेटरमा पुग्न नपरोस् भन्ने मर्मका साथ सचेतना तथा उपचारमा विशेष जोड दिइएको उनले बताए । हाल जुम्लामा ३४६ जना संक्रमित रहेको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्