ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

धुलाइ केन्द्र सञ्चालनको योजना

२०७७ कार्तिक, २८  
वाग्मती प्रदेश
NA

काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका बाहिरबाट उपत्यका भित्रने सवारीसाधनलाई धोएर मात्र भित्रिन दिन धुलाइ केन्द्र (वास सेन्टर) सञ्चालन गर्ने योजना बनाएको छ । काठमाडौं उपत्यकामा सवारीसाधनबाट हुने प्रदूषण कम गर्न धोएर मात्र भिœयाउन केन्द्र सञ्चालनको योजना बनाइएको हो ।

यस आर्थिक वर्षको बजेटमा समावेश नगरिएको भए पनि विभागले केन्द्र सञ्चालनका लागि छलफल गरिरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार गत आवमा सरकारको नीति तथा कार्यक्रम र बजेट दुवैमा केन्द्र सञ्चालनको विषय समावेश थियो । ‘गत आवमा रू. २ करोड छुट्याइएको भए पनि हामीले खर्च गर्न सकेका थिएनौं ।’ सरकार आफैले केन्द्र सञ्चालन गर्नेभन्दा पनि सरकारले अनुमति दिने र नियमन गर्ने गरी छलफल भइरहेको निर्देशक पौडेलले बताए । निजी क्षेत्रले सरकारले तोकिएअनुसार केन्द्र सञ्चालन गर्न सक्नेगरी छलफल भइरहेको छ । केन्द्र सञ्चालन गर्ने व्यक्तिले तोकिएको रकम लिएर सवारीसाधन धुन सक्ने गरी छलफल भइरहेको उनले जानकारी दिए । त्यसका लागि आवश्यक मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउनेछ । ‘वास सेन्टर कसरी सञ्चालन गर्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौं,’ उनले भने । केही दिन पहिले भौतिक पूर्वाधार मन्त्रालयको पहिलो त्रैमासिक समीक्षा बैठकमा विभागका महानिर्देशक गोगनबहादुर हमालले केन्द्र सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको र मङ्सिरभित्र निर्णय गरिने बताए ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्