ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समावेशी शिक्षाको स्थिति प्रतिवेदन स्थानीय तहलाई सक्रिय हुन सुझाव

२०७७ कार्तिक, २८  
वाग्मती प्रदेश
NA

काठमाडौं । कोभिड–१९ पछिको वैकल्पिक प्रणालीको शिक्षामा अपांगता भएका बालबालिकाको पहुँच बढाउन स्थानीय तहमा समन्वयात्मक र सहयोगात्मक कार्य हुनुपर्ने देखिएको छ ।     मुलुकका सात प्रदेशमा अवस्थामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट भइरहेको समावेशी शिक्षामा अपांगता भएका बालबालिकाको पहुँचबारे हालै गरिएको तयार गरिएको स्थिति प्रतिवेदनले त्यस्ता विद्यार्थीमा वैकल्पिक विधिबाट शिक्षा पाउन पर्याप्त पहुँच नभएकाले स्थानीय तह र सम्बन्धित पक्षबीचको समन्वय तथा सहयोग बढाउनुपर्ने आवश्यकता देखाएको हो ।

नेपालका लागि अष्ट्रेलियाली दूतावासको सहयोगमा अपांगता मानवअधिकार प्रवद्र्धन समाजले गरेको अध्ययनबारे हालै भर्चुअल रूपमा आयोजित कार्यक्रममा अपांगता अधिकारकर्मी तथा अधिवक्ता सुदर्शन सुवेदीले बौद्धिक अपांगता, अटिजम, ड्राउन सिन्ड्रोम, पूर्ण अपांगता भएका र सबै बालबालिकालाई शिक्षामा सहज पहुँच वृद्धिका लागि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको औंल्याए । राष्ट्रिय अपांग महासंघका पूर्वअध्यक्ष सुवेदीले सबै प्रकारका अपांगता भएका व्यक्तिका लागि वैकल्पिक शिक्षा पहुँचयोग्य नभएको भन्दै कमजोर आर्थिक स्थिति, इन्टरनेटको असुविधा र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा अभ्यस्तताको अभावका कारण पनि समस्या उत्पन्न भएको बताए । हाल विद्यालय तहमा अपांगता भएका बालबालिका करीब ७५ हजार छन् ।

शिक्षाविद् डा. वासुदेव काफ्लेले सरकारी संरचनाभित्र समावेशी नीति उचित हुनुपर्नेमा जोड दिँदै शिक्षामा नीतिमा मात्र नभई कार्यमुखी समावेशिताको कार्यान्वयनमा सरकार र सम्बद्ध निकाय लाग्नुपर्ने बताए । समावेशी शिक्षाको प्रभावकारिताका लागि शिक्षकको उचित प्रबन्ध र अभिभावक सचेतनाका लागि काम गर्नुपर्ने उनको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालयका सामाजिक कार्यसमूहका अध्यक्ष प्रदिप्ता कादम्बरीले सरकारी नीति र निर्देशिकाको अभाव नभए पनि कार्यान्वयनका क्षेत्रमा देखिएका कमजोरी र असमन्वयको अन्त्य हुनुपर्नेमा जोड दिइन् । यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकृत नारद धमलाले यस क्षेत्रमा हालसम्म भएका कामबारे सकारात्मक मूल्यांकन गरी सुधार्नुपर्ने पक्षमा सम्बन्धित पक्ष क्रियाशील हुनुपर्ने बताए ।

अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूको सञ्जाल (एआईएन)का अपांगता कार्य समूहका संयोजक वीर नेपालीले स्थानीय तहले लक्षित वर्गलाई लाभ हुने गरी समन्वय र सहयोगलाई बलियो बनाउन प्रभावकारी सहजीकरण गर्नुपर्ने बताए । शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले अपांगता भएका बालबालिकाको शिक्षामा पहुँचबारे विस्तृत र स्थलगत अध्ययन गरी नीतिगत सुझाव दिन आग्रह गरे । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्