ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कालपोखरीमा बीओपी स्थापना

२०७७ कार्तिक, २८  
प्रदेश ०१
NA

इलाम । सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि इलामको सन्दकपुरस्थित कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । बुधबार इलामको सन्दकपुर गाउँपालिका–४ मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्थानीय कर्मा शेर्पा लामाको दुई तले र पाँच कोठे पक्की भवनमा बीओपी स्थापना गरिएको हो । बीओपीको उद्घाटनमा प्रदेश १ का सांसद खिनु लाङवा लिम्बू, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, सशस्त्र प्रहरी बल १ नम्बर वराह बाहिनी मुख्यालय सुनसरीका सहायक वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी, गणपति सशस्त्र प्रहरी उपरीक्षक सुधीरजंग थापा, भारतीय एसएसबीका बीएन जी कोयलगायत उपस्थिति थिए । पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा बीओपी स्थापना गर्न थालिएको छ । केही समयअघि मात्रै छब्बिसे, पशुपतिनगरलगायत क्षेत्रमा पनि बीओपी स्थापना गरिएको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्