ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विद्युत् वितरण प्रणाली व्यवस्थित बनाउन जोड

२०७७ कार्तिक, २८  
गण्डकी प्रदेश
NA

लमजुङ । बेँसीशहर नगर कार्यपालिकाको बुधवार बसेको बैठकले विद्युत् वितरण प्रणालीलाई व्यवस्थित, नियमित, गुणस्तरीय र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणमार्फत वितरण गर्ने निर्णय गरेको छ । यसअघि नगरभित्र लमजुङ विद्युत् उपभोक्ता संस्थामार्फत विद्युत् वितरण हुँदै आएको थियो । बैठकले प्राधिकरणमार्फत विद्युत् वितरण र व्यवस्थापन गर्ने व्यवस्था मिलाउन सरोकारवाला निकायमा अनुरोध, सिफारिस र ध्यानाकर्षणसमेत गराएको छ ।

२०५३ मा लमजुङ विद्युत् उपभोक्ता संस्था स्थापना भई २०५४ सालबाट विद्युत् सेवा प्रवाह गर्दै आएको यस संस्थाबाट लमजुङको सबै स्थान र तनहुँको केही भागमा विद्युत् वितरण हुँदै आएको छ । यस संस्थाबाट दुवै जिल्लामा गरी करिब २८ हजार सेवाग्राहीलाई विद्युत् उपलब्ध गराएको छ ।

त्यस्तै, चालू आर्थिक वर्षका लागि नगरपालिका र स्थानीय दलित समुदायको क्रमशः ७०/३० प्रतिशत लागत साझेदारीमा दलित समुदायमा सामुदायिक भवनलाई रु २८ लाख, नगरपालिका र स्थानीय समुदायको ५०/५० प्रतिशत लागत साझेदारीमा १० वटा सामुदायिक भवनलाई रु ३८ लाखको योजना छनोट गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्