ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारी शुरू

२०७७ कार्तिक, २८  
प्रदेश ०२
NA

धनुषा । कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ सरकारले तेस्रो चरणको तयारी शुरुआत गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समिति (पीसीसीएमसी)को बैठकले कोरोना महामारी विरुद्ध तेस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालेको हो । महामारीको वर्तमान अवस्था, विगतका कामको समीक्षा र अगामी रणनीतिबारे बैठकमा छलफल भएको बताइएको छ ।

महामारी विरुद्धको तेस्रो चरणको तयारी ५० हजार भीटीएम र रिएजेन्ट खरीद, पीसीआर प्रयोगशाला सञ्चालन गर्न बाँकी रहेको चार जिल्लामा यसै सातादेखि प्रयोगशाला सञ्चालनमा ल्याउन सम्पूर्ण तयारी पूरा भइसकेको सामाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादवले जानकारी दिए । तेस्रो चरणका लागि महत्त्वपूर्ण रहेको अस्पतालमा आधारित उपचार प्रणालीलाई थप सुदृढ बनाउने र प्रदेश भरका ६ ओटा अस्पतालमा २५ श्øयाको दरले १५० शøयाको उच्च निर्भरता कक्ष (एचडीयू) निर्माण गर्ने निर्णय समेत गरेको छ ।

साथै प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालहरूले खरीद गरेको भेन्टिलेटरहरुलाई अतिशीघ्र सञ्चालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकले सम्भावित कोरोना विरुद्धको खोपलाई व्यवस्थापन गर्न तीन सदस्यीय खोप व्यवस्थापन समिति गठन समेत गरेको छ । विज्ञ समूहका सदस्य डा. गरिबनाथ ठाकुरको संयोजकत्वमा गठित उक्त समितिमा आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा रहेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्