ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ब्रह्मदेव–कौवानी क्षेत्रका रुख कटान प्रक्रिया बढ्दै

२०७७ कार्तिक, २८  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । महाकाली कोरिडोरको ब्रह्मदेव कौवानी त्रिशूलीधारसम्म रुख कटान गर्न प्रक्रिया अघि बढाइएको छ । सडक निर्माण हुने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) स्वीकृत भएर आएको छ । सडक क्षेत्रमा पर्ने रुखको लगत लिने कार्यसँगै नम्बर राख्ने कार्य गरी मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ ।    

मन्त्रालयबाट लगत स्वीकृत भएर आएपछि रुखमा छपान गर्ने कार्य सँगै कटानीको कार्य हुने डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए । इआइए नहुँदा अहिलेसम्म ब्रह्मदेव कौवानी खण्डमा निर्माण सडक निर्माण सुरु हुन सकेको छैन । इआइए नभएका कारण पहिलो वर्षमै यस खण्डमा निर्माणमा अवरोध गरिएको थियो । सरकारले सडक बनाउन शुरू गरेकै वर्ष विसं २०६६ मा ब्रह्मदेवमा ठेक्का गरी काम अघि बढाएको थियो ।     

गत वर्ष इआइए गरिएपछि डिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुख कटान प्रक्रिया अघि बढाएको हो । ‘इआइए रिपोर्टअनुसार सडक क्षेत्रमा पर्ने रुखको लगत लिइएको छ, काट्ने अनुमति आएपछि छपान गरी काट्न शुरू गर्छाैं,’ डिजिभन वन कार्यालयका सूचना अधिकारी अवस्थीले भने ।

सूचना अधिकारी अवस्थीका अनुसार कोरिडोर निर्माण क्षेत्रमा पर्ने एक हजार ९१२ रुखको लगत लिइएको छ । सुदूपश्चिम प्रदेश वन निर्देशनायले डिभिजनलाई रुखको लगत लिन गत महीना पत्राचार गरेको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्