ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एकीकृत नमूना बस्तीमा कमसल झ्यालढोकाको प्रयोग

२०७७ कार्तिक, २८  
गण्डकी प्रदेश
NA

गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण भइरहेकोे एकीकृत नमूना बस्तीका घरमा प्रयोग भएका झ्यालढोका कमसल भएको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामप्रसाद सापकोटासहितको इन्जिनियरको टोलीले बिहीवार गरेको एकीकृत नमूनाको अनुगमन तथा निरीक्षणका नमूना बस्तीका घरमा प्रयोग भएका झ्यालढोका कमजोर र कमसल खालको प्रयोग भएको पाएको हो ।

प्राधिकरण, गाउँपालिका, स्थानीय सरोकारवाला तथा स्थानीयवासी समेतको सहभागितामा एनआरएनले निर्माण गरिरहेको लाप्राक एकीकत नमूनाबस्तीको अनुगमन तथा निरीक्षणका क्रममा बस्तीका घरमा प्रयोग भएका झ्यालढोका र बस्ती निर्माणका क्रममा तयार पारिएका नमूना घरमा प्रयोग गरिएको झ्यालढोकाको गुणस्तर फरक रहेको पाइएको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

अनुगमनपछि प्राधिकरणसहितको सरोकार पक्षको संयुक्त बैठकले झ्यालढोकामा कम गुणस्तरका सामग्री प्रयोग भएकाबारे प्राधिकरणमार्फत एनआरएनएलाई सहजीकरणका लागि अनुरोध गर्ने निर्णय पनि गरिएको जानकारी दिए । एकीकृत बस्ती निर्माण गर्दा पुनर्निर्माण प्राधिकरणको कार्यविधि एवं मापदण्डअनुसार प्रत्येक घरमा रू. ४ लाखको दरले प्राप्त हुनुपर्ने रकम अहिलेसम्म प्राप्त नभएको भन्दै पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न प्राधिकरणलाई आग्रह गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । एकीकृत बस्ती निर्माण शुरू भएको चार वर्ष बितिसक्दा पनि अझै सम्पन्न नभएको भन्दै निर्माणका क्रममा बाँकी रहेका समस्यालाई प्राधिकरण, गैरआवासीय नेपाली संघ, स्थानीय तह र स्थानीयवासीले आ–आफ्ना ठाउँबाट पहल र प्रयास गरी छिटो काम सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्णयसमेत गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्