ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नाका बन्द हुँदा ओलाङचुङगोलावासी समस्यामा

२०७७ कार्तिक, २८  
प्रदेश ०१
NA

ताप्लेजुङ । कोभिड–१९ का कारण चीनको तिब्बतसँगको सीमानाका टिपताला भञ्ज्याङबाट ओहोरदोहोर बन्द भएपछि ओलाङचुङगोलावासी समस्यामा छन् । चीनमा संक्रमण फैलिएयता नाका हुँदै आउजाउ पूर्णरूपमा बन्द छ । खाद्यान्नलगायत उपभोग्य वस्तुको किनमेलका लागि तिब्बतका बजारको भरमा रहेका यहाँका बासिन्दा लामो समयदेखि तिब्बत पुग्न पाएका छैनन् । जेठदेखि भदौसम्म वर्षभर पुग्ने खाद्यान्न लगायत सामग्री तिब्बतकै बजारबाट ढुवानी गर्ने गोलावासी यो वर्ष महँगो भाडा तिरेर ताप्लेजुङतर्फकै बजारबाट ढुवानी गर्न बाध्य छन् । मानिसलाई चाहिने सामग्रीदेखि लिएर पशु चौपायाका लागि ढिक्के नून र दानासमेत चीनबाटै ल्याउने गरिएको छ । हिमाली एक्लो बस्ती ओलाङचुङगोलाका बासिन्दालाई ताप्लेजुङको बजारबाट भन्दा चीनको तिब्बतबाट सामान ढुवानी गर्न सहज हुन्छ । ताप्लेजुङका बजार भन्दा नाका नजिक पर्ने र ढुवानीसमेत सस्तो हुने भएकाले उतैबाट आवश्यक सामानको जोहो गर्ने गरिएको वडाध्यक्ष छेतेन शेर्पाले बताए । यो वर्ष संक्रमणका कारण तिब्बत आउजाउ नहुँदा समस्या भएको उनको भनाइ छ । नाका बन्द हुँदा ओलाङचुङगोलामा बुनिएका गलैंचासमेत घरैमा थन्किएका छन् । यहाँ उत्पादित गलैंचाको मुख्य बजार तिब्बत नै हो । यो वर्ष आउजाउ नहुँदा यहाँका बासिन्दाले बुनेका गलैंचा घरैमा थन्किएका छन् । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्