ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शहीद अध्ययन अनुसन्धान केन्द्र स्थापना गरिने

२०७७ कार्तिक, २८  
वाग्मती प्रदेश
NA

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारक परिसरमा जनजाति संग्रहालय निर्माण भइरहेको स्मारक विकास समितिले बताएको छ । समितिका अनुसार संग्रहालयको निर्माण अन्तिम चरण पुगेको छ । मकवानपुरमा बसोवास गरिरहेका आदिवासी जनजातिको वेशभूषा, रीतिरिवाज, धर्मसंस्कृति झल्किने र उनीहरूले प्रयोगमा ल्याइरहेको भाँडाकुँडा र औजार पनि उक्त संग्रहालयमा राखिने स्मारक विकास समितिका अध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

शहीद स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्रको स्थापना गरिने भन्दै उनले शहीदहरूको जीवनी र उनीहरूले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानबारे उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि छुट्टै डाटा केन्द्रको स्थापना भइसकेको जानकारी दिए । शहीदस्मारक परिसरभित्र एउटै ठूलो ढुंगामा कुँदिएको १२ शहीदको आकृति झल्किने स्मारक एवम् छुट्टै चिडियाघरको पनि स्थापना गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्