ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्राहकलाई मूल्यवृद्धिको, व्यवसायीलाई ग्राहक नआएको चिन्ता

२०७७ कार्तिक, २८  
प्रदेश ०१
NA

सुनसरी (अस) । चाडपर्व नजिकिँदै गर्दा बजारको चहलपहल थामिनसक्नु हुन्छ । झन् तिहारको समयमा विभिन्न सामान खरीद गर्नेको भीड नै लाग्ने गर्छ । तर यस वर्ष कोरोना महामारीका कारण इटहरी बजारमा भने ग्राहकको चहलपहल शून्यप्रायः देखिएको छ । तिहारले सम्बन्धित सामग्रीको कारोबार गर्ने व्यवसायीलाई उत्साहित बनाएको छ । तर महामारी बढ्दै गएको र महँगीले ग्राहकलाई भने सजग बनाएको छ । त्यसकै प्रभावले यहाँका बजारमा कारोबार र चहलपहलमा कमी देखिएको छ । अघिल्लो तिहारमा खरीद गरिएका सामानको यस वर्षको तिहारमा मूल्य चर्को रूपमा बढेको गुनासो अधिकांश ग्राहकको छ । इटहरीका विभिन्न ठाउँमा तिहारका लागि सामान किन्न आउने ग्राहकले सामानको मूल्यमा दोब्बरसम्म वृद्धि भएको बताएका छन् ।

तिहार विशेष सामान किन्न आएका इटहरीका राजेन्द्र दाहालले केही समयअघिको तुलनामा अहिले यी सामग्रीको मूल्य ह्वात्तै बढेको बताए । छोटो समयमै भएको यस्तो मूल्यवृद्धिले आफूजस्ता उपभोक्ता मारमा परेको भन्दै उनले सम्बन्धित निकायले बजार अनुगमन गर्नुपर्ने बताए । ‘यो बेलामा सामानको मूल्य आकाशिएको छ, यसको नियन्त्रणका लागि उपमहानगर तथा अन्य नियामक निकायले अनुगमन गर्नुपर्छ,’ उनले भने । बजारमूल्यमा वृद्धिसँगै कालोबजारी, गुणस्तरहीन एवं म्याद सकिएका सामन विक्री हुने गरेको समेत उनले बताए । बन्दाबन्दी हटे पनि ग्राहक नआएपछि कारोबार बढ्न नसकेको व्यवसायीले बताएका छन् । सामान्य बेलाको तुलनामा अहिले ग्राहक आधाभन्दा बढी घटेको उनीहरूको भनाइ छ । इटहरी उपमहानगरपालिका–९ को हटिया लाइनमा खाद्यान्न पसल सञ्चालन गर्दै आएका एक व्यवसायीले भने, ‘अहिले बजारमा ग्राहक नै छैनन् । अघिल्ला वर्षहरूमा यो बेला हामीलाई सामान दिन भ्याइनभ्याइ हुन्थ्यो । तर यो वर्ष ग्राहक कुरेर बस्नुपरेको छ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्