ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनाको कारण समस्यामा घरबास

२०७७ कार्तिक, २८  
गण्डकी प्रदेश
NA

बागलुङ । कोरोना महामारीका कारण यस वर्ष बालगुङका घरबास (होम स्टे)हरू समस्यामा परेका छन् । गत चैतमा बन्दाबन्दी भएयता जिल्लाका घरबास अपवाद बाहेक सुनसान बनेका छन् । जिल्लाको पहिलो तथा चर्चित घरबासको रूपमा रहेको बागलुङ नगरपालिका–१० भकुण्डेको अतिथि सत्कार घरबास कोरोनाका कारण सुनसान छ ।

फोन सम्पर्क गरेर आउन खोज्नेलाई पनि पाहुना नराख्ने जानकारी दिन बाध्य भएको घरबासका सञ्चालक खिमबहादुर थापा बताउँछन् । ‘कोरोना कहरका बीच पनि यहाँ आउन खोज्नेहरूले त सम्पर्क गरिरहेका छन्,’ उनले भने, ‘हामीले नै संक्रमण जोखिमको डरले नआउन भनेका छौं ।’

कोरोना महामारी शुरू भएपछि अहिलेसम्म घरबासमा एक जना पनि पाहुना नआएको सिग्दी सामुदायिक होमस्टेका अध्यक्ष हीराबहादुर पुनले बताए । बन्दाबन्दीको अवधि घरबासमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने सिजन थियो । कोरोनाले गर्दा घरबास व्यवसाय पूर्णरूपमा प्रभावित भएको छ । विगतमा चैतदेखि असोज÷कात्तिकसम्म धेरै पाहुना घरबासमा आउने गरेको र आम्दानी पनि राम्रो हुने गरेको थियो । गत वर्ष घरबासमा पाहुनाको बाक्लो उपस्थितिले स्थानीयस्तरमा उत्पादन भएका सामग्रीले पनि राम्रो बजार पाएको घरबास सञ्चालकहरू बताउँछन् । यस वर्ष उत्पादन बढाएको तर विक्री नहुँदा समस्या परेको स्थानीयवासीको गुनासो छ ।

‘पोहोर धेरै पाहुना आउनुभयो, हामीले गाउँमा उत्पादन गरेको ‘लोकल’ कुखुरा, खसी, बोका, कोदोलगायत अन्य ठाउँबाट मगाउनु परेको थियो,’ पुनले भने, ‘त्यही अवस्था आउँछ भनेर हामीले नै कुखुरा लगायत खाद्यवस्तु गाउँमै उत्पादन ग¥यौं । तर महामारीका कारण विक्री हुन सकेन ।’

बरेङ गाउँपालिका–२ सिग्दी गाउँमा मगर समुदायका केही व्यक्तिले मिलेर पाँच घरमा गत वर्षदेखि सामुदायिक घरबास सञ्चालन गरेका थिए । सञ्चालन गरेको केही समयमै सो घरबास धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको थियो ।

यस्तै निसीखोला गाउँपालिकाका–२ को अर्नाकोटमा रहेको अर्नाकोट सामुदायिक घरबास पनि कोरोनाका कारण उस्तै समस्यामा छ । कुनै समय आन्तरिक पर्यटकले भरिभराउ हुने घरबास अहिले सुनसान छ । गत वर्षदेखि नै सञ्चालनमा आएको यो घरबास धेरैको रोजाइमा परेको थियो । यो घरबास उच्च पहाडको शिरमाथि रहेकाले धेरैको आकर्षण र आगमन हुने गरेको थियो । कोरोना संक्रमणका कारण घरबास सुनसान भएको सञ्चालक लालबहादुर कुँवरले बताए । घरबास केन्द्रित गरेर उत्पादन गरिएका स्थानीय उत्पादन पनि मूल्य र बजार नपाएर खेर जाने अवस्थामा पुगेको उनको भनाइ छ । बागलुङमा २८ सामुदायिक घरबास रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्