ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अझै बनेनन् कोटेश्वर–कलंकी सडकका तीन पुल

२०७७ कार्तिक, २८  
वाग्मती प्रदेश
NA

काठमाडौं । चक्रपथको कोटेश्वर–कलंकी खण्डका विभिन्न स्थानमा दुई वर्ष पहिले निर्माण शुरू भएका पुल अझै सम्पन्न भइसकेका छैनन् । चीन सरकारको सहयोगमा विस्तार भएको सो सडकमा नेपाल सरकारले दुई वर्ष पहिले ६ स्थानमा आकाशे पुल निर्माण गर्न थालेको थियो । तीमध्ये तीन स्थानमा सम्पन्न भए पनि तीन स्थानमा डिजाइनमा समस्या पाइएकाले अघि नबढेको काठमाडौं चक्रपथ योजनाका प्रमुख अर्जुन सुवालले बताए ।     

उनका अनुसार पुल निर्माणको अवधि ३ महीना बाँकी भए पनि डिजाइनको समस्याका कारण सो अवधिमा सकिने देखिँदैन । अहिले डिजाइन सच्याउने काम भइसकेको उनले जानकारी दिए । ‘डिजाइनको कुरा हाम्रो समस्या भएकाले अवधि थप हुनेछ,’ उनले भने । चिनियाँ निर्माण कम्पनीले तीन ठाउँमा पुल निर्माण गरेकामा नेपाल सरकारले थप ६ ठाउँमा आकाशे पुलको निर्माण शुरू गरेको थियो ।

कम्पनीले कोटेश्वर, बागडोल र ग्वार्काेमा पुल बनाएको थियो । यी पुल मात्रै पर्याप्त नभएको र पैदलयात्रुलाई सडक वारपार गर्न कठीन भएकाले सडक विभागले एक–एक किलोमिटरको दूरीमा पर्ने गरी थप स्थानमा पुल निर्माण गरेको थियो । अहिलेसम्म बालकुमारी, सातदोबाटो र एकान्तकुनामा सम्पन्न भइसकेको छ । सानेपा, बल्खु र महालक्ष्मीस्थानमा सच्याइएको डिजाइनअनुसार निर्माण गरिने प्रमुख सुवालले जानकारी दिए । २०७१ मा कोटेश्वर–कलंकी सडकको विस्तार शुरू भएकामा २०७५ सालमा सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । सोही सडकमा (खसीबजारदेखि कलंकी चोकसम्म) नेपालमै पहिलो पटक ‘अण्डर पास’ समेत निर्माण भएको थियो । चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीदेखि चाबहिल सडक विस्तार गर्ने भएको छ । चिनियाँ पक्षलाई हस्तान्तरण गर्न सडक विभागले सडक निर्माणस्थलमा रहेका संरचना हटाउने काम गरिरहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्