ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महुली लघुवित्तले एकीकृत कारोबार मंसिर ८ गतेबाट गर्ने 

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार मंसिर ८ गतेबाट गर्ने भएको छ ।

उक्त कम्पनीले नवकिरण लघुवित्त वित्तीय संस्थालाई गाभेर एकीकृत कारोबार गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले गाभ्ने  तथा गाभिने प्रयोजनको लागि अन्तिम स्वीकृती दिएको तथा कम्पनी रजिष्ट्रारको कार्यालयलबाट समेत स्वीकृती प्राप्त भइसकेको भन्दै महुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने  कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयले पनि गत कात्तिक २४ गते एकीकृत कारोबारका लागि स्वीकृति दिइसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्