ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । एनआईसी एशिया बैंक लिमटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 
उक्त प्रस्ताव पारित गर्न कम्पनीले २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते बोलाएको छ । 

सभा बैंकको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट उपस्थित हुनसक्ने गरी शेयरधनीहरुलाई आईडी र पासवर्डको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । 

साधारण सभा प्रयोजनाको लागि बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।  बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले सो सभामा उपस्थित हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्