ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेगा बैंक नेपालको नाफा ३८ % वृद्धि, वितरणयोग्य नाफा ५ करोड ५६ लाखभन्दा बढी

२०७७ कार्तिक, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २८, काठमाडौं । मेगा बैंक नेपाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रवार प्रकाशित गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा ३८ प्रतिशत वृद्धि भएको छ  । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ४३ करोड ७४ लाखभन्दा बढी खुद नाफा आर्जन गरेकोमा चालू आवको पहिलो त्रैमासमा वृद्धि भएर रू. ६० करोड ७९ लाख पुगेको हो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.५ करोड ५६ लाख रहेको छ।  

चुक्तापूँजी रू. १३ अर्ब १३ करोड ८६ लाख रहेको कम्पनीले जगेडा कोषमा रू.२ अर्ब ९९ करोड ९४ लाख, रिटेन्ड अर्निङमा रू. २ अर्ब २९ करोडभन्दा बढी र शेयर प्रिमियममा रू. २ करोड ७८ लाख सञ्चित गरेको छ । 

त्यसैगरी कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. १ खर्ब २९ अर्ब ६१ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब १७ अर्ब ६९ करोड कर्जा लगानी गरेको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव २१, मूल्य आम्दानी अनुपात १२ दशमलव ६३, तरलता अनुपात २२ दशमलव ३६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ४८ रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्